सर्वोच्च अदालतमा ३ जना न्यायाधीश नियुक्त

काठमाडौं। सर्वोच्च अदालतमा ३ जना न्यायाधीश नियुक्त भएका छन्।

न्याय परिषद्को सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र पौडेलले मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापालाई नियुक्त गरेको शीतल निवासले जनाएको छ।

संसदीय सुनुवाइ समितिले सोमबार प्रस्तावित न्यायाधीशहरूको नाम अनुमोदन गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *