सर्वोच्च अदालतको न्यायाधीशमा तीन जना सिफारिस

काठमाडौं । सर्वोच्च अदालतमा तीन जना न्यायाधीश सिफारिस भएका छन् । मंगलबार बसेको न्यायपरिषदको बैठकले सर्वोच्चका लागि तीन जना न्यायाधीश सिफारिस गरेको हो ।

वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापा सिफारिस भएका हुन् । सर्वोच्च अदालतमा चार न्यायाधीशको पद रिक्त थियो ।

अब उनीहरूको संसदीय सुनुवाइको प्रक्रिया अघि बढ्नेछ। सुनुवाइबाट अनुमोदन भएपछि उनीहरू सर्वोच्चका न्यायाधीशमा नियुक्त हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *