काठमाडौं । सर्वोच्च अदालतले पूर्व सांसद एवं सिभिल सहकारीका पूर्व सञ्चालक इच्छाराज तामाङलाई मुद्दाको पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएको छ । थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न जिल्ला अदालत र उच्च अदालतले दिएको आदेशविरुद्ध उनी सर्वोच्च गएका थिए । सर्वोच्चले मुद्दाको पुर्पक्षका लागि थुनामै राख्ने तल्लो अदालतको आदेश सदर गरेको हो ।
सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र अब्दुलअजिज मुसलमानको संयुक्त इजलासले तल्लो अदालतको आदेशले नै निरन्तरता पाउने फैसला गरेको छ ।
‘प्रस्तुत निवेदनसँग सम्बन्धित ०७९-CR- ००२२ को सम्पत्ति सुद्धिकरण मुद्दा शुरु विशेष अदालत काठमाडौंबाट मिति २०८०।१०।२१ मा फैसला भैसकेको देखिंदा प्रस्तुत निवेदनमा केही गरिरहनु परेन । कानूनबमोजिम गर्नू,’– आदेशमा भनिएको छ ।