काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले अब संवैधानिक निकायका काममा तिव्रताको अपेक्षा गर्नुपर्ने बताएका छन् । ५२ संवैधानिक पदाधिकारीको नियुक्तीसम्बन्ध चार वर्ष लामो विवाद हिजोबाट अन्त्य भएपछि पोखरेलको यस्तो टिप्पणी आएको हो ।
सर्वोच्च अदालतले ५२ संवैधानिक पदाधिकारीको नियुक्तीलाई सदर गरिदिएको हो । यस सन्दर्भमा पोखरेलले फेशबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै लेखेका छन्–‘संवैधानिक आयोगमा भएको नियुक्तिउपर परेको मुद्दाका कारणले उत्पन्न अन्यौल अन्त्य भएको छ । अब ती निकायको काममा तिव्रताको अपेक्षा गरौं ।’
