सर्वोच्चको आदेशः खुला विश्वविद्यालयबाट एलएलबी उत्तीर्ण विद्यार्थीलाई लाइसेन्स परीक्षामा सहभागी गराउनु

काठमाडौं । सर्वोच्च अदालतले खुला विश्वविद्यालयबाट कानूनमा एलएलबी उत्तीर्ण गरेका विद्यार्थीहरुलाई अभिवक्ता तहको परीक्षामा सहभागी गराउन नेपाल कानून व्यवसायी परिषद्को नाममा अन्तरिम आदेश जारी गरेको छ ।

कानून व्यवसायी परिषद्ले खुला विश्वविद्यालयबाट एलएलबी उत्तीर्ण विद्यार्थीले लाइसेन्स परीक्षामा फारम भर्न नपाउनेगरी सूचना निकालेको थियो । ३३औं अधिवक्ता तहको परीक्षामा सहभागी हुन फारम भर्ने म्याद असार २१ गतेसम्म मात्रै छ ।

फारम भर्न नपाएपछि खुला विश्वविद्यालयबाट एलएलबी अध्ययन गरेका विद्यार्थीहरु सर्वोच्च गएका थिए । न्यायाधीशद्वय कुमार रेग्मी र तिलप्रसाद श्रेष्ठको इजलासले सो मुद्दामा सुनुवाइ गर्दै अन्तरिम आदेश जारी गरेको हो ।

‘प्रस्तुत निवेदनको अन्तिम किनारा लाग्दा अन्यथा आदेश भएमा सोही बमोजिम हुने गरी हाललाई यी रिट निवेदकलाई मिति २०८२ ।२ । २५ को सूचना बमोजिमको परीक्षाको फर्म भर्न र परीक्षामा सहभागी हुनबाट बञ्चित नगर्नु नगराउनु भन विपक्षीहरुका नाममा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९(२) (क) बमोजिम् अन्तरिम आदेश जारी गरिदिएको छ,’– अन्तरिम आदेशमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *