सर्वोच्चका प्रस्तावित न्यायाधीशहरुको सुनुवाइ सकियो, अनुमोदन गर्ने वा नगर्ने भन्ने निर्णय अर्को बैठकमा

काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित तीन जना न्यायाधीशहरुको संसदीय सुनुवाइ सकिएको छ । संसदीय सुनुवाइ सकिए पनि सिफारिस अनुमोदन गर्ने वा नगर्ने भन्ने निर्णय भने बैठकले गरेको छैन ।

समितिकी सभापति ईश्वरीदेवी न्यौपानेले प्रस्तावित न्यायाधीशरुमाथिकाृे केही छलफल बाँकी रहेको र समिति सदस्यहरूको कार्यव्यस्ताका कारण अर्को बैठकबाट आवश्यक निर्णय लिइने जानकारी दिईन् ।

न्याय परिषद्ले वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, न्यायाधीशद्वय श्रीकान्त पौडेल र शान्तिसिंह थापाको नाम सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो । न्याय परिषद् सदस्यमा महेशकुमार नेपालको नाम संसदीय सुनुवाइका लागि पठाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *