काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरको नाम समानुपातिक उम्मेदवारको लागि सिफारिस भएको छ ।
शनिबार बसेको सर्लाही जिल्ला समितिको बैठकले फागुन २१ हुन गइरहेको प्रतिनिधि सभा चुनावको लागि अध्यक्ष ठाकुरको नाम समानुपातिक उम्मेदवारको लागि केन्द्रमा सिफारिस गरिएको सर्लाही जिल्ला सचिव मिथलेश यादवले बताए ।
अध्यक्ष ठाकुर यसअघि सर्लाहीबाट दुई पटक चुनाव हारेका थिए । २०७९ को चुनावमा महोत्तरी–३ बाट चुनाव जितेका थिए ।
त्यस्तै सर्लाही–१ बाट लोसपा नेपालका उपाध्यक्ष रामप्रकाश चौधरी र सर्लाही–४ बाट महासचिव मनिष मिश्र र ३ बाट सचिव रामेश्वर रायको एकल नाम केन्द्रमा सिफारिस भएको छ । सर्लाही–२ बाट भिनुकलाल राय, रञ्जितकुमार ठाकुर, वीरवंश बैठाको नाम सिफारिस भएको छ ।
समानुपातिकमा महन्थ ठाकुरका साथै अञ्जुदेवी बैठा, मिनादेवी महतो, सरिता देवी साह, सुनिताकुमारी देवी, कामरेन्द्र वर्मा, रेखाकुमार साहको नाम पनि सिफारिस गरेको सचिव मिथलेश यादवले जानकारी गराएको छ ।
