सरोकार मञ्चका अध्यक्ष तथा उपाध्यक्षलाई पितृशोक

काठमाडौं । राष्ट्रिय सरोकार मञ्च नेपालका केन्द्रिय अध्यक्ष सोम बिक्रम सिंह तथा उपाध्यक्ष  शित्तल प्रताप सिङको पिता झलक बहादुर सिंहको २०८२ साल मङ्ग्सिर २२ गते सोमबार बिहान ८५ बर्षको उमेरमा स्वर्गारोहण भएको छ।

उहाँ “Trekking agencies’ association of Nepal”( TAAN) का पुर्व अध्यक्ष तथा Himalayan Rescue Association(HRA), Nepal Mountaineering Association(NMA) का सल्लाहकार, समाजसेवी र पर्यटन व्यवसायी समेत हुनुहुन्थ्यो ।

राष्ट्रिय सरोकार मञ्च नेपाल केन्द्रिय सचिवालय उहाँको निधनप्रति शोक बक्तव्य जारी गर्दै भनेको छः
नेपालको पर्यटन क्षेत्रमा अमुल्य योगदान दिनुभएको साथै नेपाल सरकारले उच्च कदर गरेको ब्यक्ति हुनुहुन्थ्यो। उहाँको निधनले देश र पर्यटन क्षेत्रमा ठूलो क्षती पुगेको छ। मृतक आत्माको यस लोकबाट बैकुण्ठलोक सम्मको महाप्रस्थान यात्रा सहज होस। उहाँको निधन प्रती गहिरो दुख व्यक्त गर्दै शोकाकुल परिवारजनहरुमा धैर्य धारण गर्न सक्ने शक्ति भगवान श्री हरिले प्रदान गरुन्। मृत आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौ। ॐ हरि शरणम्।

स्मरणीय छ, राष्ट्रिय सरोकार मन्चका अध्यक्ष सिंह पत्रकार समेत हुनुहुन्छ । सिंह सञ्चारघर डटकमका सम्पादक एवं नेपाल पत्रकार मञ्चका सदस्य हुनुहुन्छ ।

सिंहको निधनप्रति नेपाल पत्रकार मञ्चले दुःख व्यक्त गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *