सरकार कृषि आधुनिकीकरणको प्रयासमा जुटिरहेको छः मन्त्री अधिकारी

काठमाडौँ । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले कृषि क्षेत्रको आधुनिकीकरण गर्न सरकारले प्रयास गरिरहेको बताएका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा सांसद जगप्रसाद शर्माले सोध्नुभएको मौखिक प्रश्नको जवाफ दिँदै उनले कृषिको आधुनिकीकरणका लागि विभिन्न रणनीति अलवम्बन गरिएको बताए ।

कृषि उत्पादन र उत्पादकत्व वृद्धि गर्न आवश्यक प्रविधि तथा उत्पादन सामग्रीको व्यवस्था, बाली र वस्तु उत्पादनमा यान्त्रीकरण, प्रशोधन तथा बजारीकरणका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालन गरिएको उनको भनाइ थियो ।

“भूमिको वैज्ञानिक प्रयोग, आधुनिक कृषि प्रविधिको उपयोग, कृषिमा यान्त्रिकीकरण, कृषिजन्य उत्पादनको प्रशोधन तथा बजारीकरण, पूर्वाधारको विकास, प्रतिफलमा आधारित प्रोत्साहन प्रणालीको अवलम्बनलगायत कृषि प्रणाली रणनीतिको अवलम्बन गरिएको छ”, उनले भने ।

मन्त्री अधिकारीले कृषि क्षेत्रलाई विज्ञानसँग जोडेर आधुनिक, प्रविधिमैत्री एवं समयसापेक्ष बनाउन विभिन्न सफ्टवेरमार्फत काम भइरहेको स्पष्ट पारे । उनले भने, “मल वितरणलाई प्रभावकारी तथा पारदर्शी बनाउन रियल टाइम सफ्टवेयर, बीउबिजन उत्पादन तथा आपूर्ति व्यवस्था पारदर्शी एवं एकद्वार बनाउन विद्युतीय बीउबीजन व्यवस्थापन प्रणालीलगायत विभिन्न उपकरणमार्फत सेवा प्रवाहमा सहजीकरण गरिएको छ ।”

यसैबीच, बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ अन्तर्गत बनेका प्रत्यायोजित विधायनहरुको कार्यान्वयनको अवस्थासम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ सभामा पेस गरे । राससकाठमाडौँ, ३० जेठ । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले कृषि क्षेत्रको आधुनिकीकरण गर्न सरकारले प्रयास गरिरहेको बताएका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा सांसद जगप्रसाद शर्माले सोधेको मौखिक प्रश्नको जवाफ दिँदै उनले कृषिको आधुनिकीकरणका लागि विभिन्न रणनीति अलवम्बन गरिएको बताए ।

कृषि उत्पादन र उत्पादकत्व वृद्धि गर्न आवश्यक प्रविधि तथा उत्पादन सामग्रीको व्यवस्था, बाली र वस्तु उत्पादनमा यान्त्रीकरण, प्रशोधन तथा बजारीकरणका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालन गरिएको उनको भनाइ थियो ।

“भूमिको वैज्ञानिक प्रयोग, आधुनिक कृषि प्रविधिको उपयोग, कृषिमा यान्त्रिकीकरण, कृषिजन्य उत्पादनको प्रशोधन तथा बजारीकरण, पूर्वाधारको विकास, प्रतिफलमा आधारित प्रोत्साहन प्रणालीको अवलम्बनलगायत कृषि प्रणाली रणनीतिको अवलम्बन गरिएको छ”, उनले भने ।

मन्त्री अधिकारीले कृषि क्षेत्रलाई विज्ञानसँग जोडेर आधुनिक, प्रविधिमैत्री एवं समयसापेक्ष बनाउन विभिन्न सफ्टवेरमार्फत काम भइरहेको स्पष्ट पारे । उनले भने, “मल वितरणलाई प्रभावकारी तथा पारदर्शी बनाउन रियल टाइम सफ्टवेयर, बीउबिजन उत्पादन तथा आपूर्ति व्यवस्था पारदर्शी एवं एकद्वार बनाउन विद्युतीय बीउबीजन व्यवस्थापन प्रणालीलगायत विभिन्न उपकरणमार्फत सेवा प्रवाहमा सहजीकरण गरिएको छ ।”

यसैबीच, बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ अन्तर्गत बनेका प्रत्यायोजित विधायनहरुको कार्यान्वयनको अवस्थासम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ सभामा पेस गरे । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *