सम्बन्धित मन्त्रीको उपस्थितिबिनै छलफल अघि बढाएको भन्दै सांसद खतिवडाको नियमापत्ति

काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले सम्बन्धित मन्त्रालयका मन्त्रीहरुको उपस्थितिबिना नै छलफल अघि बढाएको भन्दै आपत्ति जनाएका छन् ।

खतिवडाले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री र युवा तथा खेलकुदमन्त्री अनुपस्थित रहेको भनेर प्रश्न उठाए । उता, प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले पनि सरकारले सदनलाई हेपेको भन्दै आक्रोश पोखे । उनले पनि सम्बन्धित मन्त्रीहरुको उपस्थितिबिना छलफल चलाईनु गलत भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *