काठमाडौं । सर्वोच्च अदालतले गणेश लामालाई सम्पत्ति शुद्धीकरण मुद्दामा सफाइ दिएको छ । सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र अब्दुल अजीज मुसलमानको इजलासले लामालाई दोषी ठहर गरेको विशेष अदालतको फैसला उल्ट्याउँदै सफाइ दिएको हो ।
लामालाई विशेष अदालतले २०७५ साउन २४ गते सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गर्दै एक वर्ष कैद, एक करोड ४० लाख ५० हजार रुपैयाँ बिगोअनुसारको जरिवाना र सम्पत्ति जफत गर्ने फैसला सुनाएको थियो। उक्त फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन गएका लामाले अन्ततः सफाइ पाएका हुन् ।
