काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले बहुविवाहजस्ता कुनैपनि विद्येयक सदनमा पेश नहुने स्पष्ट पारेका छन् । मन्त्री चौरसियाले बहुविवाह भनेको समाजलाई असर पार्ने विषय भएकोले यस्तो विद्येयक सम्मानित सदनमा पेश नहुने जिकिर गरेका हुन् ।
आज (बुधबार) बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने,‘समाजलाई नकारात्मक असर पार्ने तथा सामाजिक मूल्य र मान्यतामा प्रतिकूल प्रभाव पार्ने गरी बहुविवाह लगायतको कुनै पनि विधेयक यस सदनमा पेस नहुने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।’ अहिले बहुविवाहको विषयले सडकदेखि सदनसम्म तातेको छ । महिला सांसदहरुले यो विषय गम्भीरताका साथ उठाएका छन् ।
