सभामुख घिमिरेले गरे गृहमन्त्री लेखकसँग छलफल

काठमाडौं । सभामुख देवराज घिमिरेले गृहमन्त्री रमेश लेखकसँग छलफल गरेका छन् । प्रतिनिधिसभाको बैठक निरन्तर अवरोध भइरहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन र गृहमन्त्री लेखकको राजीनामालाई बटमलाईन बनाएर संसद् अवरुद्ध गरिरहेको छ ।

सदनको अवरोध खुलाउने विषयमा सभामुख घिमिरे निरन्तर छलफलमा छन् । हिजो रास्वपाका कार्यवाहक सभापति डिपी अर्याल र प्रमुख सचेतक सन्तोष परियारसँग छलफल गरेका सभामुख घिमिरेले आज सदन बसनुअघि गृहमन्त्री लेखकसँग छलफल गरेका हुन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *