सभामुखलाई नारायणकाजीको सुझावः प्रतिपक्षलाई विश्वासमा लिएरमात्रै सदन सुचारु गर्नुस्

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बलजफ्ती सदन सञ्चालन गर्न नहुने बताएका छन् । उनले सबै प्रतिपक्षी दललाई विश्वासमा लिएर सदन सञ्चालन गर्न सभामुख देवराज घिमिरेलाई आग्रह गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका दलहरुले सदन सञ्चालनमा अवरोध गरिरहेको बेलामा बलजफ्ती भन्दा पनि सहमतिमा अगाडि बढ्नुपर्ने उनको धारणा छ ।

‘सरकार र सभामुखज्यूबाट रास्वपा लगायत केही पार्टीका सांसदहरुकोअवरोधका बावजूद प्रतिनिधिसभाको बैठक बलजफ्ती सञ्चालन गर्ने कोशिश भइरहेको छ । यद्यपी अहिलेसम्म पनि सदन सुचारु हुन सकेको छैन । सबै प्रतिपक्षलाई विश्वासमा लिई सबैको सहमतिमा सदन सुचारु गर्न म सम्बन्धित सबैको गम्भीर ध्यानाकर्षण गराउन चाहान्छु,’– उनले भनेका छन् ।

सहमतिमा सदन सुचारु गरेर संघीय निजामती ऐन र विद्यालय शिक्षा ऐनलाई प्रतिनिधिसभाबाट छिटोभन्दा छिटो अघि बढाउन उनले आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *