सङ्घीय निजामति सेवा विधेयक प्रतिनिधिसभाबाट पारित

काठमाडौँ । संघीय निजामती सेवा विधेयक आइतबारको प्रतिनिधि सभा बैठकबाट पारित भएको छ ।

विधेयक पारित हुनु अगाडि सभामा उठेका प्रश्नहरूमाथि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता जवाफ दिएका थिए । उनले नेपालको संविधान २०७२ अनुसार विधेयक आएको बताए ।

यो विधेयक ऐनमा रूपान्तरित भएसँगै प्रशासनिक संघीयता कार्यान्वयन गर्न सहज हुने मन्त्री गुप्ताको विश्वास रहेको छ ।

राज्य व्यवस्था समितिबाट पास भएर अगाडि विधेयक जस्ताको तस्तै पास भए संघीय निजामती सेवाबाट अवकाश भएकाहरूले संवैधानिक नियुक्ति लिन दुई वर्ष पर्खनुपर्ने हुन्छ ।  आइतबार प्रतिनिधिसभाबाट पारित यो विधेयक अब राष्ट्रिय सभामा जान्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *