काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू सक्रिय राजनीतिमा आउने निर्णयबाट ब्याक नहुने बताएकी छन् । आज (मंगलबार) आफ्नै निवासमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले अब राजनीतिबाट पछि नहट्ने बताएकी हुन् । ‘म सक्रिय राजनीतिमा आइसकेको छु, अब पछि हट्ने कुरा हुँदैन छैन,’– उनले भनिन् ।
साथै, उनले आफू राजनीतिमा आएको विषयलाई लिएर अहिले कार्यकर्तालाई आतङ्कित पार्ने काम भइरहेको पनि उनले बताए । उनले उक्त कार्य गलत रहेको बताएकी छन् । ‘अहिले कार्यकर्ताहरूलाई जसरी आतङ्कित पार्ने काम भइरहेको छ यो ठिक छैन,’– उनले भनिन् ।
पूर्वराष्ट्रपति भण्डारीले गत असार १४ गते आफूले एमालेको सदस्यता नवीकरण गरेको उद्घोष गरेकी थिईन् । भण्डारीले सक्रिय राजनीतिमा आउनेबारे सार्वजनिक रुपमा बोलेपछि एमाले दुई धारमा विभाजित भएको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली निकट नेताहरु भण्डारी सक्रिय राजनीतिमा आउन नहुने पक्षमा छन् ।
एमाले अध्यक्ष ओलीबाट हेपिएका, चेपिएका र बहिष्करणमा परेका नेता तथा कार्यकर्ता भने भण्डारी सक्रिय राजनीतिमा आउनुपर्ने पक्षमा छन् ।
