काठमाडौं । सर्वोच्च अदालतले संसद् विघटनविरुद्ध परेका रिटहरूमाथिको सुनुवाइका लागि संवैधानिक इजलास गठन गरेको छ। प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि सुनुवाइ गर्न प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत नेतृत्वमा इजलास गठन गरिएको हो ।
न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्मा सहभागी संवैधानिक इजलासमा आजदेखि सुनुवाइ सुरू हुन लागेको हो। प्रतिनिधिसभा विघटनविरुद्ध परेका १६ वटा रिट निवेदनमाथि संवैधानिक इजलासमा एकमुष्ट सुनुवाइ हुन लागेको हो । १६ जनाले राष्ट्रपति कार्यालयलाई विपक्षी बनाइ रिट दायर गरेका छन् ।
