संसद्मा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर साउन ७ गते

काठमाडौं । आगामी साउन ७ गते प्रतिनिधिसभामा सांसद र प्रधानमन्त्री केपी शर्मा ओलीबीच प्रश्नोत्तर हुने भएको छ । आज (मंगलबार) सभामुख देवराज घिमिरेले प्रधानमन्त्री ओलीसँगको प्रश्नोत्तर कार्यक्रमको जानकारी गराएका हुन् ।

‘प्रतिनिधिसभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिम प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी कार्यक्रम २०८२ साउन ७ गतेको बैठकमा हुनेगरी निर्धारण गरिएको व्यहोरा जानकारी गराउँछु,’– सभामुख घिमिरेले भने ।

प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमका लागि यसअघि नै समूह विभाजन भइसकेको बताउँदै उनले समूह १० मा रहेका सांसदहरुलाई साउन ७ गते प्रश्न सोध्न पाउने बताए । साउन २ गते शुक्रबार दिउँसो १ बजेभित्र प्रतिनिधिसभाका सचिवसमक्ष आफ्नो प्रश्न लिखित रुपमा लिन सकिने सभामुख घिमिरेले बताए । उनले धेरै लामो र निरर्थक प्रश्न नगरी संक्षिप्त रुपमा आफ्नो प्रश्न दिन आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *