काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले कांग्रेस–एमालेबीच सरकार गठनको लागि भएको ७ बुँदे सहमतिअनुसार संविधान संशोधनको बारेमा कुनै छलफल नगरिनु धोका र सरकारको असफलता भएको टिप्पणी गरेका छ्न ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद केसीले भने,‘७ बुँदे सहमतिमा भएको संविधान संशोधनको कुराले सरकारको औचित्य स्थापित गरेको थियो । तर, एक वर्ष बितिसक्दापनि प्रतिबद्धता, भाषण र नारा चर्चामा मात्रै सिमित रह्यो, यो प्रतिबद्धताप्रतिको धोका र सरकारको असफलता हो ।’
सरकार गठनको एक वर्षमा भ्रष्टाचार नियन्त्रण र पारदर्शीताको निर्मम समिक्षा गरिनुपर्ने पनि उनको माग छ । नयाँ परिस्थितिको विश्लेषण गर्दै नयाँ रणनीति बनाएर जानु नै आजको आवश्यकत्ता भएको केसीको भनाई छ ।
