काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ एवं प्रतिनिधिसभा सदस्य सुमना श्रेष्ठले शिक्षा र स्वास्थ्य क्षेत्रलाई गैरनाफामूलक बनाउनुपर्ने आवश्यकता औंल्याएकी छन् ।
आज (बिहीबार) प्रतिनिधिसभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकलाई सम्बोधन गर्दै उनले संविधानलाई मान्ने हो भने स्वास्थ्य र शिक्षाबाट नाफा कमाउन नपाइने बताएकी हुन् ।
उनले निजी विद्यालयलाई १५ वर्षपछि गैरनाफामुलक संस्था बनाउनुपर्ने प्रस्ताव गरेकी छन् । ‘नेपाल राज्यभित्र सञ्चालित निजी लगानीका विद्यालय क्रमशः गैरनाफामूलक र लोककल्याणकारी सेवामूलक विद्यालयको रूपमा रहनेछन् भनेर लेख्नुपर्छ,’– उनले भनिन् ।
