काठमाडौं । संघीय संसद् र प्रदेशसभाका पदाधिकारीहरूको संयुक्त बैठक बस्दै छ । राज्य व्यवस्था तथा सुशासन समितिको बैठक कक्षमा आज बिहान ११ बजे बैठक बस्नेछ ।
संघीय संसद् र प्रदेशसभाका पदाधिकारीहरूको संयुक्त बैठक हरेक ६/६ महिनामा बस्दै आएको छ । स्वकीय सचिव हटाउने सरकारको निर्णयबारे पनि बैठकमा छलफल हुने संघीय संसद्का सभामुख देवराज घिमिरेको सचिवालयले जनाएको छ ।
सरकारले खर्च कटौती गर्ने भन्दै संघीय संसद्का पदाधिकारी र सांसदका सचिवालयको दरबन्दी घटाएको थियो । सरकारले समन्वय तथा परामर्श नगरी संसद्का सम्बन्धमा एकलौटी निर्णय गरेको भन्दै संघीय संसद्का राजनीतिक र कर्मचारी नेतृत्वले आपत्ति जनाउँदै आएको छ ।
यो विषयलाई लिएर राजनीतिक र कर्मचारी नेतृत्वले प्रधानमन्त्री सुशीला कार्कीलाई समेत भेटेर आपत्ति जनाइसकेको छ ।
