श्री ५ लेखेकोमा आपत्ति, पूर्वराजा शाहका संवाद सचिव डा. पाठकसंग प्रहरीको सोधपुछ

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव डा. फणीन्द्रराज पाठकसंग प्रहरीले सोधपुछ गरेको छ । डा. पाठकलाई शुक्रबार प्रहरीले भद्रकाली प्रहरी कार्यालयमा बोलाएर सोधपुछ गरेको हो ।
पूर्वराजा शाहको सम्बोधनका क्रममा लेख्ने शब्दका विषयमा सोधपुछका लागि उनलाई प्रहरी मुख्यालय उपस्थित गराइएको हो ।
पूर्वराजा शाहलाई श्री ५ किन लेखेको भन्ने लगायतका प्रश्नहरुमा डा. पाठकसंग प्रहरीले सोधपुछ गरेको छ । ज्ञानेन्द्र शाहलाई श्री ५ लेखेको र संवाद सचिवालय संचालन गरेको विषयमा प्रहरीले प्रश्न उठाएको छ । पूर्वराजा शाहलाई गर्ने सम्बोधनको शब्द तथा शैलीको विषय संसदमा पनि उठाइएको थियो।

पाठकसंग सोधपुछ, हाँस्याष्पदः कमल थापा
यसैवीच राप्रपा नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले डा. पाठकसंग गरिएको प्रहरी सोधपुछलाई हाँस्याष्पद भएको प्रतिक्रिया दिएका छन । सामाजिक संजाल अध्यक्ष थापाले लेखेका छन,
श्री ५ ज्ञानेन्द्र’ लेखिएको बहानामा फणिराज पाठकलाई सोधपुछको निमित्त सरकारले बोलाउनु आश्चर्यजनक र हास्यास्पद छ। यो सरकारको संकिर्ण मानसिकताको द्योतक हो।
श्री ५ ज्ञानेन्द्र नेपालका राजा हुन्,प्राविधिक रूपमा अहिले राजतन्त्र नरहे पनि वा संविधानले नचिने पनि उनी पछि अरु कोही राजा नभएकाले उनलाई ’श्री ५ ले’ सम्बोधन गर्नु स्वभाविक र मर्यादा पनि हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *