काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफू पक्षीय सांसदहरुलाई छलफलमा बोलाएका छन् । स्रोतका अनुसार अहिले दरबारमार्गस्थित होटल याक एण्ड यतिमा इत्तर समूहका सांसदहरुबीच छलफल जारी रहेको छ ।
कांग्रेस नेता काइरालाले यतिबेला आफ्नो सकृयता बढाएका छन् । उनले केही दिनअघि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेका थिए । प्रचण्ड भेटेलगत्तै उनले भर्खरै राजनीतिमा फर्किएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका थिए ।
कांग्रेस सभापति शेरबहादुर देउवाले भण्डारी राजनीतिमा फर्किएकोप्रति आलोचना र चासो व्यक्त गरिरहेको अवस्था कोइरालाले भने स्वागत गरेका थिए ।
यता कोइराला र प्रचण्डबीचको भेटमा भने सरकार ढाल्नेबारे चर्चा भएको बताइएको थियो । स्रोतका अनुसार कोइरालाले प्रचण्डलाई वर्तमान सरकार ढाल्न आग्रह गरेका थिए । जवाफमा प्रचण्डले कोइरालालाई पहिला कांग्रेस संसदीय दलको नेता परिवर्तनमा लाग्न भनेका थिए ।
