व्यापारमा सुधार गर्न भन्सार सुधार गर्नुपर्छः पूर्वअर्थमन्त्री खतिवडा

काठमाडौं। पूर्वअर्थ मन्त्री युवराज खतिवडाले व्यापारमा सुधार गर्नका लागि सरकारले भन्सार सुधार गर्नुपर्ने बताएका छन्। शुक्रबार काठमाडौंमा एक कार्यक्रममा बोल्दै उनले सन्दर्भ मूल्यमा ध्यान दिनुपर्ने भन्दै भन्सार सुधार गर्नुपर्ने बताएका हुन्।

उनले भने, ‘यहाँ सरकारले पारदर्शिता खोजेर हुन्छ, भन्सार विन्दुबाटै ठिक नभएपछि व्यापार औपचारिक, पारदर्शी खोजेर पाइन्छ। व्यापारमा पनि समस्या छ, सन्दर्भ मूल्य पनि हेनुपर्छ। ६ महिला अगाडिको हैन हिजोको अस्तिको अहिले त अनलाइनमा सही समयमा सूचना पाउन सकिन्छ। खरिद भएको दिनको अन्तराष्ट्रि मूल्य थाहा पाइन्छ। भन्सार सुधार गर्नुपर्ने छ।’

उनले सरकारले बजारमा प्रतिस्पर्धा गर्ने वातावरण बनाउनु पर्ने भन्दै व्यापारीले कर तिरोस् भन्ने दायित्व सरकारको रहेको बताए। उनले आफ्नो कार्यकालमा सन्र्दभ मूल्य खारेज गर्न खोजेको तर नसकेको भन्दै यसमा ठुलो समस्या भएको बताए।

‘आजपनि कारोबार मूल्यलाई हामीले हुबहु ट्रान्जेक्सन मूल्यलाई भन्सारमा हुबहु लगाउन सकिएको छैन। मेरो प्रयास त्यसैमा थियो। सन्र्दभ मूल्य खारेज गर्न खोजेको के गर्नु साथिहरु इमान्दार हुनुभएन। कम्पनीको मूल्यमा ५० हजार डलर पर्ने सवारी साधन २५ हजार मै एल.सि खोलेर ल्याइदिनु भयो म अर्थमन्त्री छु अब मैले ट्रान्जेक्सन भ्यालु कसरी स्विकार गर्ने,’ उनले भने।

यस्तै, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमार प्रसाद दाहालले कानूनमा अधिकतम खुद्रा मूल्य (एमआरपी)को व्यवस्था भएको भन्दै एमआरपी लगाउनुपर्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *