वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा ४ जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-४ बस्ने ३५ वर्षीय सुजन विक, ललितपुर महालक्ष्मी नगरपालिका-२ बस्ने सर्लाही चक्रघट्टा गाउँपालिका-४ घर भएका ३४ वर्षीय सतेन्द्र अधिकारी, काठमाडौं महानगरपालिका-६ बस्ने सोलुखुम्बु थुलुङ दूधकोशी गाउँपालिका-१ घर भएका २६ वर्षीय नवीन खड्का र सर्लाही विष्णु गाउँपालिका-७ घर भएका ४१ वर्षीय राजनारायण महतो छन् ।

पक्राउ परेका मध्ये सुजनले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख ५० हजार रुपैयाँ, सतेन्द्रले कतार पठाइदिन्छु भन्दै १ जना पीडितबाट ९० हजार रुपैयाँ, नवीनले कम्बोडिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रुपैयाँ र राजले कुवेत पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको उजुरी प्रहरीमा परेको थियो ।

उक्त उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुजनलाई काठमाडौं महानगरपालिका-३ बाट र सतेन्द्रलाई काठमाडौं महानगरपालिका-३२ बाट सोमबार तथा नवीनलाई काठमाडौं महानगरपालिका-९ बाट र राजलाई कागेश्वरी मनोहरा नगरपालिका-८ बाट मंगलबार पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ​ताहाचल काठमाडौं पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *