विमानस्थल छेउमा आगजनी, राष्ट्रिय तथा अन्तराष्ट्रिय उडान प्रभावित

काठमाडौँ । काठमाडौँ र ललितपुर जोड्ने बालकुमारी पुलस्थित सीसीआरसी कलेज नजिकै आन्दोलनकारीले दुई वटा गाडी जलाएका छन् । त्यस्तै च्यासलबाट काठमाडौँतर्फको भागमा एउटा गाडी जलिरहेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । यसअघि बालकुमारीमा एउटा सरकारी जिप जलाएका थिए । पूर्वराजाको समर्थनमा प्रदर्शनमा उत्रिएकाहरूले गाडी आगजनी गरेका हुन् । प्रदर्शन नियन्त्रण बाहिर गएसँगै स्थानीय प्रशासनले काठमाडौँको तीनकुने हुँदै गौशाला, पुरानो बानेश्वर, शंखमुल र बालकुमारी क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *