विद्युत आयात परिमाण घटाउँदै छौं, साढे ४ अर्बको विद्युत बेच्यौं : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले यसवर्ष साढे ४ अर्बको विद्युत विदेश निर्यात गर्ने सफल भएको बताएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री ओलीले विद्युत आयात परिमाण घटाउँदै लगेको उल्लेख गर्दै साढे ४ अर्बको विद्युत विदेश निर्यात गर्ने सफल भएको उल्लेख गरेका हुन् ।

साथै उनले विगतमा बिजुलीको आम प्रयोगमा लोडसेडिङ हटे पनि उद्योगहरूमा विद्युत कटौती गरिँदै आएकोमा अब उद्योगमा पनि विद्युत प्रवाह बढाइएको बताएका छन्  ।

उनले भनेका छन्-

हामीले विद्युत आयात परिमाण घटाउँदै लगेका छौं । विगतमा बिजुलीको आम प्रयोगमा लोडसेडिङ हटे पनि उद्योगहरूमा विद्युत कटौती गरिँदै आएकोमा अब उद्योगमा पनि विद्युत प्रवाह बढाइएको छ। हामीले यसवर्ष साढे ४ अर्बको विद्युत विदेश निर्यात गर्ने सफलता पाएका छौं।

Leave a Reply

Your email address will not be published. Required fields are marked *