काठमाडौं । नेपाल राष्ट्र बैंककले विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने रकमको सीमा बढाएको छ । यसअघि २५ सय डलर लैजाने पाउने व्यवस्थामा ५ सय डलर थप गरी ३ हजार अमेरिकी डलर पुर्याएको छ ।
नेपाल राष्ट्र बैंकका गर्भनर प्रा.डा. विश्वनाथ पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८३ को मौद्रिक नीति सार्वजनिक गर्दै विदेश घुम्न जाने नेपालीहरुको लागि डलरको सिमा बढाएको घोषणा गरेका हुन् ।
