विचाराधीन विधेयकलाई छिटो टुंगो लगाउने विषयमा सत्तारुढ दलबीच छलफल

काठमाडौँ । संघीय संसदमा विचाराधीन विधेयकहरूलाई छिटो टुंगोमा पुर्‍याउन सत्तारुढ दलबीच छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको शीर्ष नेताहरूको बैठकमा संसदीय प्रक्रियालाई अघि बढाएर विधेयक पारित गर्ने विषयमा कुराकानी भएको हो। बैठकमा विशेष गरी भूमिसम्बन्धी अध्यादेशमा राजनीतिक सहमति जुटाउने विषयमा समेत छलफल भएको स्रोतले जनाएको छ। प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राई, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठलगायत नेताहरू सहभागी थिए। बैठकमा समसामयिक राजनीतिक विषयमा समेत छलफल भएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *