वाईसीएलको नेतृत्व सहमतिमा टुङ्ग्याउने माओवादीको तयारी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को सहायक संगठन योङ कम्युनिष्ट लिगको तेस्रो राष्ट्रिय महाधिवेशन जारी रहेको छ । महाधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने छ । महाधिवेशनको ५औं दिन भइसक्दा पनि सर्वसम्मत नेतृत्व चयन हुन सकेको छैन भने निर्वाचन प्रक्रियामा पनि अगाडि बढ्न सकेको छैन । यता माओवादी पदाधिकारी बैठकले भने सर्वसम्मत नेतृत्व चयनको लागि आग्रह गरिराखेको छ ।

आज (बिहीबार) बसेको माओवादी पदाधिकारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सर्वसम्मत नेतृत्व चयनको लागि आग्रह गर्न जोड दिएको उपाध्यक्ष एवं पार्टी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । अध्यक्ष प्रचण्डले वाईसीएलको इन्चार्ज, अध्यक्षलगायतलाई छलफल गरेर नयाँ नेतृत्व सर्वसम्मतीमै चयन गर्नका लागि आग्रह गरेको नेता सापकोटाले बताए ।

‘सम्मेलनको बारेमा अहिलेसम्म भए गरेका कुराहरुमा अध्यक्षले विस्तृत रिपोर्ट गर्नुभयो । उहाँको रिपोर्टपछि हामीलाई के लाग्यो भने विगतको शिक्षा र अनुभवलाई समेटेर अधिकतम् पहल कदमी लिइराख्नु भएको छ । सहमति हुन्छ, सहमतिकै लागि प्रयत्न गर्न सकिन्छ । फेरि पनि वाईसीएलको इन्चार्ज, अध्यक्षलगायत सबैसित छलफल गरेर अध्यक्षले तपाईहरुले सबैसित छलफल गरेर रिपोर्ट तयार गरेर पेश गर्नुस् भन्नुभएको छ । अहिले चाहीँ हामी अलिकति बढी केमा आशावादी भएका छौं भने वाईसीएलको सम्मेलन सहमतिमा टुङ्गिन्छ,’–उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *