वर्तमान सरकारले उत्कृष्ट भिजनका साथ काम गरिरहेको छ : परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणाले अहिलेको गठबन्धन बनेपछि देशले स्थायित्व प्राप्त गरेको दाबी गरेकी छिन् ।

पोखरामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले अग्रसरता लिएर बनाएको यो गठबन्धनको कारण मुलुकमा राजनीतिक स्थायित्व प्राप्त भएको दोहोर्याएकी हुन् ।

उनले अहिले राजनीतिक स्थायित्व भएकोले अन्तर्राष्ट्रि रुपमा पनि नेपालको छवि सुध्रिएको दाबी गरिन् । उनले अहिलेको सरकार बनेपछि मुलुकको अर्थतन्त्र पनि लयमा फर्किएको र आर्थिक सूचकहरु सबै सकारात्मक बनेको दाबी गरिन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले उत्कृष्ट भिजनका साथ काम गरिरहेको जिकिर गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *