वडा कार्यालयमा आगलागी, आठ लाखको क्षति

दमौली (तनहुँ) । तनहुँकाे शुक्लागण्डकी नगरपालिका– ११ को वडा कार्यालयमा विद्युत् चुहिएर बुधबार आगलागी हुँदा करिब रु. आठ लाखबराबरको क्षति भएको छ । 

आगलागीबाट रु. सात लाख ९८ हजारबराबरको क्षति भएको वडाध्यक्ष शालिकराम भट्टराईले बताए । आगोले ९० वटा कुर्सी, चारवटा दराज, सोफा, टेबल, एउटा  फ्रिज नष्ट भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *