ल्हेन्दे खोलामा फेरि पनि बाढी : तल्लो तटीय क्षेत्रमा उच्च सर्तकता अपनाउन आग्रह

काठमाडौं । चीनको तिब्बत क्षेत्रहुँदै बगेर आउने ल्हेन्दे खोलामा फेरिपनि बाढी आएको छ । बुधबार राती साढे २ बजे देखि बाढी आएकाले तल्लो तटीय क्षेत्रमा पर्ने रसुवा, नुवाकोट र धादिङ लगायत जिल्लाका नदि किनारका बासीन्दाहरुलाई उच्च सर्तकता अपनाउन आग्रह गरिएको छ।

जिल्ला प्रशासन कार्यालय रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुबप्रसाद अधिकारीले बाढीका कारण रसुवागढी-स्याफ्रुबेंसी सम्मको बाटो विभिन्न स्थानमा क्षती भएको जानकारी दिए। उनका अनुसार रसुवाको गासाइँकुण्ड गाउँपालिकाको स्याँफ्रुबेंसी वडा नं ५ र उत्तरगया गाउँपालिकाका केही क्षेत्रहरु उच्च जोखिममा रहेकोले ती क्षेत्रहरुलाई हाइ अर्लटमा राखिएको छ।

त्यसबाहेक तल्लो तटिय क्षेत्रमा पर्ने सबै स्थानहरुमा पनि सर्तकता अपनाउन भनिएको छ । बाढीले हाल सम्म मानविय क्षति गरेको कुनै खबर नभएको उनले बताए।

रसुवागढी-स्याँफ्रुबेंसी सम्मको सड्क यस अघि असार २४ गतेको बाढीले बगाएर क्षति भएपनि विभिन्न स्थानमा मर्मत सम्भार भएको र अहिले फेरी बाटो भत्कीएको छ। यस अघिको बाढीले नेपाल-चीन सिमानामा रहेको मितेरी पुल बगाएको थियो । साहि स्थानमा अस्थायी रुपमा निर्माण गर्न लागिएको बेली ब्रिज निर्माणको काम समेत आजको बाढीले अबरुद्ध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *