लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङको राजीनामा अस्वीकृत, स्वयं उपस्थित हुनुपर्ने

काठमाडौं । जनमत पार्टीबाट लुम्बिनी प्रदेशसभा सदस्य रहेकी गीता गुरुङको राजीनामा अस्वीकृत भएको छ । बेलायतमा रहेकी गुरुङले केही दिनअघि बेलायतबाट हस्तलिखित राजीनामा इमेलमार्फत पठाएकी थिईन् । प्रदेशसभा सचिवालयको इमेलमा गुरुङले हस्तलिखित राजीनामा पठाए पनि प्रक्रिया पूरा नभएको भन्दै अस्वीकृत गरिएको बताइएको छ । प्रदेशसभाका सभामुख तुलाराम घर्तिमगरले गुरुङलाई स्वयं उपस्थित भई सनाखत गराएर निर्देशन दिएका छन् । योसँगै सांसद गुरुङको राजीनामा स्वीकृत हुन उनी आफैं उपस्थित हुनुपर्ने भएको छ । यता जनमत पार्टीले पनि गुरुङको राजीनामा स्वीकृत गराउन दवाब बढाएको छ । जनमतका एक नेताका अनुसार सभामुखले गीता आफैं आएमात्रै राजीनामा स्वीकृत हुने, होइन भने उनलाई पार्टीले कारबाही गरेको निर्णय पेश गर्न भनेका छन् । प्रदेशसभा सचिवालयमा गीता गुरुङले पठाएको राजीनामा पत्र आधिकारिक इमेलमार्फत प्राप्त नभएको, उनको हस्ताक्षरसमेत त्यहाँ भएको हस्ताक्षरको हिज्जेसँग नमिलेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *