काठमाडौँ । काठमाडौंबाट लुक्लाका लागि उडेको समिट एयरको उडान नम्बर ३०१ ट्वीनअटर विमानमा प्राविधिक समस्या आएपछि काठमाडौँ फर्काएर सुरक्षित अवतरण गरिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार बिहान लुक्ला उडेको उक्त विमान सोलुखुम्बुको फाफ्लु क्षेत्रमा पुगेपछि प्राविधिक समस्या देखिएपछि विमान चालकले विमानलाई काठमाडौं फर्काउने निर्णय लिएका थिए । काठमाडौँ फर्काएर बिहान ७: २४ बजे विमानलाई सुरक्षित अवतरण गराइएको थियो
विमानको इञ्जीनमा समस्या पहिचान भएको र अहिले प्राविधिक टोलीले मर्मत गरिरहेको जनाइएको छ । उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना सवार यात्रु थिए ।