लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका-४ शेषमतीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १३० ट्याब्लेट सहित सोही ठाउँ बस्ने लमजुङ घर भएका २४ वर्षीय मिलन परियारलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा काठमाडौं महानगरपालिका-१६ नयाँबजार बस्ने २५ वर्षीय शाहिल अलि देवानलाई सोही महानगरपालिका-१६ बालाजुबाट ट्रामाडोल ३ सय ट्याब्लेट सहित प्रहरीले पक्राउ गरेको छ ।

सुर्खेतको भेरीगंगा नगरपालिका-१२ छिन्चुबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम ६ सय मिलिग्राम सहित वीरेन्द्रनगर नगरपालिका-३ एरिचोक बस्ने मुगु खत्याड गाउँपालिका-३ घर भएका २५ वर्षीय सुरेश शाहीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले नेपालगंजबाट सुर्खेततर्फ आउँदै क.प्र.०२-००१ ज ०६९८ नम्बरको भ्यानमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी सुर्खेतको भेरीगंगा नगरपालिका-१० झिलमिले बस्ने हिमा पुनलाई अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ १३ ग्राम सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

बाँकेको नेपालगंज उपमहानगरपालिका–४ बसपार्कबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६ सय ट्याब्लेट र नाईट्राजेपाम १४ ट्याब्लेट सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दाङ घोराही उपमहानगरपालिका-११ बस्ने १९ वर्षीय महेश बुढाथोकी र रूकुम पश्चिम मुसिकोट नगरपालिका-१ बस्ने १९ वर्षीय ईश्वर परियार रहेका छन् । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

सिराहाको औरही गाउँपालिका-४ नयाँ कमलपुर गाउँबाट अवैध लागूऔषध गाँजा करिब १ सय ३ किलोग्राम सहित गोलबजार नगरपालिका–१ मुक्सार बस्ने ४२ वर्षीय जय राम जोशी समेत ९ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिराहाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

पर्साको पटेर्वा सुगौली गाउँपालिका-४ करबोला चोकबाट अवैध लागूऔषध गाँजा ८ किलो ४४० ग्राम सहित पर्सागढी नगरपालिका-९ एकटाङ्गा बस्ने ३४ वर्षीय जग मोहन यादवलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरीले बीआर ०५ एजि ६८०५ नम्बरको मोटरसाइलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

झापाको भद्रपुर नगरपालिका-९ बस्ने ३८ वर्षीय नरेन राजबंशीलाई लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय मिलिग्राम सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी घोडामाराबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

कास्कीको पोखरा महानगरपालिका-५ प्रस्याङ बस्ने म्याग्दी घर भएका ३२ वर्षीय सुशिल परियार समेत २ जनालाई नियन्त्रित लागूऔषध डाईजेपाम ४३ एम्पुल, आईपिपिएल ४३ एम्पुल र फेनारगन ४३ एम्पुल सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले सुशिलको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *