काठमाडौं । काठमाडौं महानगरपालिका-१६ वाइपास बस्ने शम्भु शाहीलाई अवैध लागूऔषध गाँजा करिब ४४० ग्राम सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।
धादिङको बेनीघाट रोराङ गाउँपालिका-९ मझिम्टारबाट लागूऔषध गाँजा करिब १० किलोग्राम सहित गजुरी गाउँपालिका-८ किरान्चोक बस्ने २४ वर्षीय विवेक तामाङलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जोगीमाराबाट खटिएको प्रहरीले काठमाडौंबाट नेपालगंजतर्फ जाँदै गरेको भे.१ ख ३८४८ नम्बरको बसमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
उदयपुरको त्रियुगा नगरपालिका-६ बाट नियन्त्रित लागूऔषध डाईजेपाम ८ एम्पुल, फेनारगन ८ एम्पुल र बुप्रेनोर्फिन ८ एम्पुल सहित सोही नगरपालिका-३ मिलनचोक बस्ने २५ वर्षीय युद्द बहादुर लुङ्गेली मगरलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरीले लहानबाट गाईघाटतर्फ आउँदै गरेको ना.१ ज ८३९१ नम्बरको गाडीमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरको हो ।
कास्कीको पोखरा महानगरपालिका-१५ मधुमार्गबाट लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ६ किलोग्रामसहित सोही महानगरपालिका-१४ गलेश्वर बस्ने रूपन्देही घर भएका ३८ वर्षीय कुमार गुरूङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
सुनसरीको धरान उपमहानगरपालिका–५ बस्ने २४ वर्षीय आशिष राईलाई नियन्त्रित लागूऔषध ट्रामोल ३५९ ट्याब्लेट र डाइक्लोमाइन २६० ट्याब्लेट सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी बरगाछीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
