लागूऔषधसहित चार जना पक्राउ

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २१० ग्राम सहित झापा घर भएका २९ वर्षीय महमद नसिमलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले काँकरभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको प्र.०१-०२ ख ०९४७ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

मोरङको विराटनगर महानगरपालिका-१५ बाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १४१ ग्रामसहित भारत बिहार अररीया थाना फारबिसगंज रामपुर-७ बस्ने ३५ वर्षीय सिकंदर बाखत समेत २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

झापाको बिर्तामोड नगरपालिका-५ कंचन टोल बस्ने ४६ वर्षीय राजेन्द्र पंथाकलाई नियन्त्रित लागूऔषध ट्रामाडोल २० हजार ट्याब्लेटसहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *