रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भारत भ्रमणमा आउने भएका छन् । भारतीय पक्षले पुटिनको भ्रमण यही वर्षको अन्त्यसम्म हुनसक्ने जानकारी गराएको छ । अहिले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभाल मस्कोको भ्रमणमा छन् । हिजोमात्रै दोभालले रुसी राष्ट्रपति पुटिनसँग भेटवार्ता गरेका थिए ।
नयाँ दिल्ली र वासिंगटन डिसीबीच व्यापार युद्ध चर्किरहेको बेलामा भारतीय पक्षले पुटिनको भारत भ्रमण गराउने तयारी थालेको हो । भ्रमणको मिति तय नभएपनि यो वर्षभित्रै पुटिनको भ्रमण हुनसक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले भारतीय र रुसी सरकारी अधिकारीलाई उद्धृत गर्दै समाचार लेखेका छन् ।
दोभालले पुटिनले भारत भ्रमणको तयारी गरेकोमा खुशी व्यक्त गरेका छन् । उनले भ्रमणको मिति पनि छिट्टै तय हुने जानकारी गराएका छन् । भारतीय प्रधानमन्त्री मोदी भने यो अगष्टको अन्तिममा चीन भ्रमणमा जाने भएका छन् । चीनको तियानमेनमा हुने सांघाई कोपअपरेशन अर्गनाईजेशनको समिटमा भाग लिन मोदी त्यसतर्फ अगष्ट ३१ मा जाने भएका हुन् ।
