काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभाको आजको बैठक बहिष्कार गरेको छ । रास्वपाका सांसद मनिष झाले आफ्नो कुरा राख्न नपाएको र आफूहरुको कुरा प्रधानमन्त्री केपी शर्मा ओलीले सुन्न नचाहेको भन्दै आजको बैठक बहिष्कार गरिएको जानकारी दए ।
झाले भने,‘आज संघीय सदनको प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सबै सांसदहरूले कालो वस्त्र लगाएर विरोध स्वरूप कालोवस्त्र लगाएर आउनुभयो र निलो रिबन लगाएर विश्वव्यापी रुपमा मानव तस्करीको विरोध स्वरूप रहेको निलो रिबन लगाएर आउनुभयो। हामी प्रधानमन्त्रीज्यूलाई हाम्रो केही कुरा सुनाउन चाहन्थ्यौ तर उहाँले त्यो कुरा सुन्न चाहनुभएन। बैठकमा हाम्रो कुरा नसुनेर निस्किनुभयो। तसर्थ हामीले, आज राष्ट्रिय स्वतन्त्र पार्टीका सबै सांसदहरूले आफ्नो कुरा बोल्न पनि नपाउने र आफ्नो कुरा प्रधानमन्त्रीले नसुनिदिने भएको हुनाले बैठक बहिष्कार गरेर निस्किएका छौं।’
