रास्वपा सांसदहरुले संसद्मा मर्यादित पोशाक नलगाएको भन्दै श्याम घिमिरेको आपत्ति

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले संसद्मा केही माननीयहरुले स्कार्फ लगाएर आएको भन्दै आपत्ति जनाएका छन् ।

आज (मंगलबार) प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले नियमावलीले व्यवस्था गरेको मर्यादित पोशाकमा नआउने माननीयहरुलाई सभामुखले निश्काशन गर्नुपर्ने बताए । यसरी छाडा छोडिदिने हो भने भोलिका दिनमा संसद्मा हाफ पाइन्ट लगाएर आउने दिन नआउला भन्न नसकिने उनले बताए ।

‘यो संसद्मा मर्यादित पोशाकमा आउनुपर्छ भन्ने व्यवस्था गरिएको छ । यो नियमावलीमै गरिएको व्यवस्था हो । यो संसद्मा अहिले केही माननिय सदस्यहरुले स्कार्फ लगाएर आउनुभएको छ, यो मर्यादित पोशाकभित्र पर्छ कि पर्दैन ? यसरी भोलि कोही हाफ पाइन्ट मात्रै लगाएर आउने, जथाभावी ड्रेसमा आउने, जे पनि लगाएर आउने गर्न थालियो भने त्यसलाई संसदीय मर्यादाभित्र राख्ने कि नराख्ने ?’ रास्वपा सांसदहरुलक्षित गर्दै उनले भने ।

उनले यस्ता प्रकारको पोशाकमा आउनेलाई सभामुखले चेतावनी दिने र संसद्बाट निस्काशन गर्ने गरी कारबाही गर्न आवश्यक रहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *