रास्वपा र राप्रपाको आजपनि प्रतिनिधि सभाको बैठक बहिस्कार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुले प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन् । उनीहरु बैठक सुरु हुनासाथ उठेर विरोध गरेका थिए ।

सभामुख देवराज घिमिरेले रास्वपा र राप्रपालाई बोल्नको लागि समय दिएका थिए । रास्वपाबाट अशीम शाह बोले भने राप्रपाबाट धुव्रबहादुर प्रधानले बोले ।

उनीहरु दुवैले बोलेपछि दुवै दलका सांसदहरु बैठक बहिष्कार गरेर निस्किएका हुन् । भिजिट भिसा प्रकरणमा रास्वपा र राप्रपाले सदन बहिष्कार गरिरहेका छन् । उनीहरुले सरकारले बनाएको छानबिन समितिलाई मानेका छैनन् । यो प्रकरणमा उच्चस्तरीय न्यायिक छानबिन आयोग उनीहरुको माग हो

Leave a Reply

Your email address will not be published. Required fields are marked *