रास्वपाले फागुन २१ को चुनावको लागि खोल्यो उम्मेदवारको आवेदन, शुल्क २५ हजार

काठमाडौं । रास्वपाले फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीको आन्तरिक उमेदवार छनोट प्रक्रियामा सहभागी हुनका लागि आवेदन खुला गरेको छ ।

उमेदवार छनोट समितिका संयोजक विपिनकुमार आचार्यका अनुसार आजदेखि उमेदवारी आवेदन खुला गरिएको छ । आवेदन रास्वपाको आधिकारिक मोबाइल एपमार्फत् दिन सकिने व्यवस्था गरिएको छ ।

आवेदन दिन चाहनेले २५ हजार रुपैयाँ बुझाउनुपर्नेछ । विपन्नहरुले पनि आवेदन दिन सक्नेछन् तर विपन्नता पुष्टि हुने कागजात पेस गर्नुपर्नेछ । आवेदकहरुमध्येबाट उमेदवार छनोट गरिने रास्वपाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *