काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई तीन ‘अ’ बाट मुक्त हुन सुझाव दिएका छन् ।
शर्माले रास्वपाले लगाउदै आएको भिजिट भिसा प्रकरणको जवाफ दिदै रवि लामिछाने गृहमन्त्री हुदा सबैभन्दा बढी भिजिट भिसामा विदेश गएको आँकडा प्रस्तुत गरेका थिए । उनले रास्वपालाई जिम्मेवार बन्न आग्रह गर्दै संसद बहिष्कार गरेर अराजनीतिक गतिबिधि नगर्न अनुरोध गरेका छन् ।
शर्माले राजनीतिक दलले गर्ने काम राजनीतिक दलले गर्नुपर्ने भन्दै कानुनलाई आफ्नो काम गर्न दिनुपर्ने बताए । उनले सहकारीमा पाँचसय भन्दा बढी पक्राउ परेकामा अरु सबै ठग एक जना रवि लामिछाने प्रतिशोधले थुनिएको नहुने बताए ।
शर्माले आफ्ना धारणा राख्दै सरकारलाई स्वास्थ्य, कृषि, विकास निर्माणका काममा मन्त्रीहरु र प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । उनले सहकारी पिडितको रकम फिर्ता गराउने बातावरण बनाउन प्रधानमन्त्री विदेशबाट फर्किनासाथ ध्यानाकर्षण गराउने बताउदै जीबी राई अहिलेसम्म पक्राउ नपरेकोमा सरकारलाई प्रश्न गरेका छन् ।
महामन्त्री शर्माले जनतालाई फकाउन भन्दा भड़काउन सजिलो हुने भन्दै एकथरीले २०८४ मा आफुहरु आएपछि सबै ठिक हुने भन्दै जनता भड्काइरहेको आरोप लगाए ।
