काठमाडौं । उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहको निवासमा भेटवार्ता गरेका कांग्रेसका ७ जना नेताहरुले आज सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । चाक्सीबारीको सन्देश लिएर नेताहरु आज विहानै सभापति देउवाको निवास बुढानिलकण्ठ पुगेका हुन् । उनीहरुले कांग्रेसको १५औं महाधिवेशनको तयारी थालेका छन् ।
७ जनामध्ये एक जना सभापतिमा साझा उम्मेद्वार बन्ने उनीहरुको तयारी छ । यी नेताहरु देउवानिकट मानिन्छन् । उनीहरुले हिजोको भेटवार्तामा सरकारको समिक्षासमेत गरेका थिए ।
चाक्सीबारीको निश्कर्ष संविधान संशोधनको विषय पनि थियो । एमालेसँग भएको ७ बुँदे सहमतिबमोजिम संविधान संशोधन हुनुपर्ने उनीहरुको निश्कर्ष थियो । यो विषयमा पनि आज देउवासँग छलफल हुनेछ । यसबारे उनीहरूले सभापति देउवासँग भेटेर कुराकानी गरेका हुन्।
