रास्वपाको उर्जा तथा जलस्रोत विभागको प्रमुखमा न्यौपाने मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको उर्जा तथा जलस्रोत विभागको प्रमुखमा वरिष्ठ इन्जिनियर श्रीराम न्यौपाने मनोनित भएका छन् । असार ४ गते बसेको पार्टी सचिवालयको बैठकको निर्णयअनुसार न्यौपानेलाई उर्जा तथा जलस्रोत विभागको प्रमुख मनोनित गरिएको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

रास्वपाले पार्टीको विधान, नीति, सिद्धान्त तथा विभागको नियमावली तथा कार्यविधि बमोजिम आफ्नो पदीय जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न न्यौपानेलाई आग्रह गरेको छ ।

विश्वविद्यालय अध्ययन गर्दै गर्दा विद्यार्थी राजनीति हुँदै राष्ट्रिय महत्वका सामाजिक क्रियाकलाप, सरकारी सेवा, इन्जिनियरिङ्ग शिक्षण संस्थाको स्थापना तथा लामो समय प्राचार्यको भूमिकामा रहेर गरेको सेवा, खानेपानी, सुरुङमार्ग र हाइड्रोपावरको एक एक वटा गरी झण्डै दश किलोमिटर सुरुङ निर्माण, जलविद्युतको अनुमतिपत्र प्राप्तिदेखि उत्पादनसम्मका गतिविधिमा निरन्तर काम गर्ने शिलशिलामा देशको राजनीतिक, आर्थिक, प्रशासनिक र सामाजिक क्षेत्रमा तेत्तीस वर्षसम्म प्रत्यक्ष रुपमा देखेको, भोगेको र अनुभूत गरेको वेथिति, विकृति, विसंगति, ढिलासुस्ती र भ्रष्टाचार यथावत् रहेमा विकास र समृद्धिको ढोका खुल्न सम्भव छैन भन्ने निष्कर्षका साथ न्यौपाने रास्वपामा सक्रिय छन् ।

न्यौपानेले यसअघि ऊर्जा नीति कार्यदलको संयोजकको महत्वपूर्ण भूमिका गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *