काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठक सम्पन्न भएको छ। पार्टी मुख्यालय च्यासलमा बसेको बैठकले राष्ट्रिय राजनीति राजनीतिक स्थिरताको बाटोतर्फ अघि बढेको निश्कर्ष निकालेको छ ।
स्थायित्व र स्थिरतालाई खलबल्याउने प्रयासहरू भएपनि त्यस्ता प्रयास कमजोर हुँदै गएको निश्कर्ष पनि बैठकले निकालेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । उनकाअनुसार बैठकले आगामी बजेट विकासमुखी ल्याउनेबारे सुझाव दिईएको छ ।
स्रोतको सुनिश्चित्तासहित बजेट आउनुपर्नेमा जोड दिईएको उनको भनाई छ । बैठकमा सबैले आफ्नो धारणा राख्न समयआभाव भएको उनले स्पष्ट पारे । ज्ञवालीले बैठकले उत्पादन र उत्पादकत्वमा फोकस गर्नेगरि बजेट ल्याउन सुझाव दिएको बताए ।