रामपुरमा नहरले बगाउँदा वृद्धको मृत्यु

रामपुर (पाल्पा)। रामपुर नगरपालिकामा रामपुर नहर फाँट सिँचाइ जल उपभोक्ता आयोजनाको नहरले बगाउँदा एक वृद्धको मृत्यु भएको छ।

रामपुर–४, सुधार टोल क्यामुनाघारी बस्ने ७२ वर्षीय धनबहादुर थापाको आज नहरले बगाएर मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक रामबहादुर नेपालीले जानकारी दिए। घरबाट एक्लै निस्किएका उनी रामपुर–५, बेझाँडस्थित नहरको दुई नम्बर शाखामा बग्दै गरेको अवस्थामा भेटिएका हुन्।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *