राजावादी भेलामा राप्रपा अध्यक्ष लिङदेन अनुपस्थित, घोषणा भएन नयाँ आन्दोलन कार्यक्रम

काठमाडौं । आन्दोलनको नयाँ कार्यक्रम बनाउन आज डाकिएको राजावादी भेला आन्दोलनका नयाँ कार्यक्रम गर्न अलमलिएको छ । राजावादी मोर्चाको सबैभन्दा ठूलो दल राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन अनुपस्थित बनेपछि कार्यकर्ताले विरोध जनाएका छन ।
राप्रपा नेपालका अध्यक्ष कमल थापालाई बोल्न समय दिइएपछि होहल्ला सुरू भयो । त्यसपछि संयुक्त जनआन्दोलन समितिका अध्यक्ष नवराज सुवेदीले आफैँ माइक लिएर सम्बोधन गरे । उनले सानो कमिटी बनाएर आजै नयाँ आन्दोलन कार्यक्रम बनाइने भन्दै भेला स्थगित भएको घोषणा गरेका छन् ।
भेला सुरु भएलगत्तै लिङदेनको कार्यव्यस्तताका कारण आउन नसकेको जानकारी गराइएको थियो । लिङदेन अहिले संसदमा छन् । कार्यकर्ताहरुले भने यही संसद चाहिने भए आन्दोलन केका लागि भन्दै असन्तुष्टि पोखे ।
अर्काथरि कार्यकर्ताले चाहिँ नवराज सुबेदीले आन्दोलनको नेतृत्व गर्न नसकेको भन्दै आक्रोश पोखे । कार्यक्रम भद्रगोल र अव्यवस्थित बनेको गुनासो पनि सुनिएको थियो ।भेलामा पत्रकारलाई भित्र पस्न अनुमति दिइएकोप्रति पनि कार्यकर्ताले विरोध जनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *