राजावादी आन्दोलन देशभरि फैलाउने जनआन्दोलन समितिको निर्णय

काठमाडौं। संयुक्त जनआन्दोलन समितिमा आवद्ध ४५ दल, समूह र अभियानको बैठक बुधबार सम्पन्न भएको छ।

उक्त बैठकमा गत एकहप्तादेखि सञ्चालन हुँदै आएको जनआन्दोलनको समीक्षा गरिनुको साथै भावी कार्य योजनाका बारेमा समेत छलफल भएको थियो। बैठकमा सहभागीहरुको उत्साह प्रशंसनीय रहेको थियो।

बैठकले आन्दोलनमा उत्साहजनक जनसहभागिताको निमित्त सबैमा हार्दिक आभार प्रकट गरेको छ। आगामी अन्दोलनका कार्यक्रमहरुमा समेत विभिन्न वर्ग, पेशा लगायत निजमति, सेना र प्रहरी सेवामा रहेर राष्ट्रको हितमा कार्य गरेका राष्ट्रसेवकहरु तथा आम जनताको व्यापक सहभागिताको निम्ति समेत बैठकले अपिल गरेको छ।

उक्त बैठकको भावनालाई दृष्टिगत गर्दै संयुक्त जनआन्दोलन समितिले देहाय बमोजिमका कार्यहरु निर्धारण गरेको छ ।

क) पहिलो चरणको आन्दोलनबाट प्राप्त अनुभवलाई दृष्टिगत गर्दै आन्दोलनको भावी स्वरुपमा केही परिमार्जन गरिनेछ।

ख) काठमाडौं उपत्यकाको विभिन्न पालिकाहरुमा विरोध प्रदर्शनहरू निरन्तर जारी राखिनेछ।

ग) काठमाड़ों अतिरिक्त देशको विभिन्न प्रमुख शहरहरुमा विरोध सभा, धर्ना तथा जनप्रदर्शन गरिनेछ।

घ) आन्दोलनलाई अझ सशत्त प्रभावकारी र उपल्धिमूलक वनाउन स्थानीय तहदेखि नै संयुक्त जनआन्दोलन समिति गठन गरिनेछ।

ड) देशको विभिन्न जिल्लाहरुमा प्रतिवद्ध र जुझारु य्वा कार्यकर्ताहरूको समूह तयार गरिनेछ।

च) देशका विभिन्न जिल्लाहरुमा आन्दोलनका विभिन्न कार्यक्रमहरु सञ्चालन गरिसकेपछि आन्दोलनलाई पुनः काठमाडौंकेन्द्रित गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *